प्रहरी हेडक्वार्टरमा थप चार जनामा कोरोना संक्रमण
काठमाडौं, साउन १५ । प्रहरी प्रधान कार्यालयमै कोरोना संक्रमित प्रहरीको संख्या ४४ पुगेको छ । प्रधान कार्यालयमा थप चार जनामा कोरोना पुष्टि भएपछि संक्रमित प्रहरीको संख्या बढेको हो ।
कोरोना भाइरस संक्रमणबाट प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।
१५ साउन २०७७, बिहीवार ०८:२८ बजे प्रकाशित































