punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खाना पकाउने ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी

Chaupati
safha napa

काठमाडौं । खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भइरहेको छ ।

घरायसी र व्यावसायिक प्रयोजनका लागि छुुट्टाछुुट्टै मूल्य कायम गर्ने तयारी गरिएको नेपाल आयल निगमले जनाएको हो ।

निगमका कार्यकारी निर्देशक डा. चन्डिकाप्रसाद भट्टले दुुई थरी मूूल्य गर्ने तयारी गरी कार्ययोजना बनाउन लागिएको जानकारी दिनुुभयो । उपभोक्तालाई सहुलियत दिनका लागि दुुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेका छौँ, उहाँले भन्नुुभयो, “उपभोक्तालाई सहुुलियत दिन दुुई थरी मूूल्य निर्धारण गर्न लागिएको छ ।”

राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकलाई दोहोरो मूल्य कायम गरी सहुुलियत दिने तयारी गरेको निगमले जनाएको छ । पाँचतारे होटेलदेखि सडक पेटीमा चिया बिक्रि गर्ने र सर्वसाधारण उपभोक्तालाई एउटै मूूल्य हुुँदा उपभोक्ता मारमा परेका छन् ।

हाल घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम गरिएको हो । बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको छ । एलपी ग्यासमा परल मूल्य कायम गरी घरायसी प्रयोजनमा उपभोग गर्नेलाई ‘क्यास ब्याक’ गर्ने योजना रहेको निगमले जनाएको छ ।

उद्योग वािणज्य तथा आपूूर्ति मन्त्रालयका तत्कालीन सहसचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा गठित समितिको सुझाव प्रतिवेदनका आधारमा निगमले परल मूल्य कायम गरी घरायसी प्रयोजनमा प्रयोग हुने ग्यासमा नगद फिर्ता दिने तयारी अगाडि बढाएको हो ।


२७ असार २०८१, बिहीवार ०८:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु