punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार महासंघ कैलाली शाखामा प्रेस युनियनको धर्ना

Chaupati
safha napa

धनगढी– नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ कैलाली शाखामा धर्ना दिएको छ ।

आज प्रेस युनियन कैलाली शाखा र प्रदेश समितिले संयुक्तरुपमा धर्ना दिएका हुन् ।

युनियनले पाँच बुँदे माग राख्दै धर्ना कार्यक्रमको आयोजना गरिएकोे नेपाल प्रेस युनियन कैलाली शाखाका सचिव शंकर बोहराले जानकारी दिए ।

उनका अनुसार युनियनले नेपाल पत्रकार महासंघका कुनै वैध संरचनाले सिफारिस नगरिएका गैर पत्रकारको सदस्यता खारेज गर्नुपर्ने, पत्रकार महासंघका शाखा प्रदेश समितिले विधान, विधि, प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर्नुपर्ने, क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्नुपर्ने, नेपाल पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर्नुपर्ने, सदस्यता विवाद टुंग्याएर नेपाल पत्रकार महासंघको निर्वाचन हुने वातावरण सुनिश्चित गर्नुपर्ने माग अघि सारेको छ ।

माग पूरा नभएसम्म धर्ना जारी रहने प्रेस युनियनले जनाएको छ । देशव्यापी रुपमा आन्दोलनमा उत्रिएको प्रेस युनियनले आन्दोलनका कार्यक्रम अन्तर्गत आज पत्रकार महासंघका ७५ वटै जिल्ला शाखामा धर्ना दिएको हो ।


१७ असार २०८१, सोमवार १३:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु