punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मनसुन : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Chaupati
safha napa

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा सोमबार मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्था छ ।

सोमबार बिहानकोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ । कोसी, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा आज दिउँसो धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर मौसम साधारणदेखि पूर्णतया बदली रहने छ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।


१७ असार २०८१, सोमवार ०७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु