सुनसहित विमानस्थलबाट भारतीय महिला पक्राउ
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ परेकी छिन् ।
विमानस्थलको आगमन टनेल गेटबाट बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट बाला र औठी आकारको २२० ग्राम सुन बरामद गरेको छ । उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन् ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।
१६ असार २०८१, आइतवार १८:१८ बजे प्रकाशित































