punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकीकृत समाजवादी पार्टीसंग एकता गर्ने प्रयास भइरहेको छ : प्रचण्ड

Chaupati
safha napa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताएका छन् ।

आइतबार एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एकीकृत समाजबादीको यो महाधिवेशनले एकताको पक्षमा निर्णय पनि गर्ने आशा रहेको बताए ।

‘नेकपा एकीकृत समाजवादी र माओवादी बीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौैं’, उनले भने, ‘मलाई लाग्छ यो महाधिवेशनले यो विषयमा ठोस निर्णय गरोस् ।’

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकामा खुशी व्यक्त गरे । तर उनले आफूलाई अस्थिर भनेकामा भने चित्त दुखाए ।

उनले आफूले माक्र्सवादलाई जमेको पोखरी नभई गडगडाउँदो नदीका रुपमा बुझेको भन्दै परिस्थिति हेरेर अघि बढ्ने गरेको बताए ।

 


१६ असार २०८१, आइतवार १६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु