नेविसंघ अध्यक्षको खाली कुर्सी राखेर सानेपामा प्रदर्शन
काठमाडौँ । नेविसंघ महाधिवेशन पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।
उनीहरुले विधिवत १२औँ महाधिवेशनको माग गद्र्रै आइतबार नेविसंघ अध्यक्षको खाली कुर्सी राखेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले महाधिवेशन कहिले ? संगठन म्यादी कहिलेसम्म ? अधिवेशन नहुने, पटक–पटक म्याद मात्र थप्ने प्रवृत्ति कहिलेसम्म ? विनासर्त अध्यक्षको म्याद थप्न पाइँदैन ? १२ औँ महाधिवेशन सुनिश्चित गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
१६ असार २०८१, आइतवार १५:५७ बजे प्रकाशित













