punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सामुदायिक वनबाट एक नाले भरुवा बन्दुकसहित विभिन्न हातहतियार बरामद

Chaupati
safha napa

धनगढी । प्रहरीले सोमबार कैलालीको गोदावरी नगरपालिकाको एक सामुदायिक वनबाट १ थान एक नाले भरुवा बन्दुकसहित विभिन्न हातहतियार बरामद गरेको छ।

अस्थायी प्रहरी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर पार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले सेती सामुदायिक वनबाट बेवारिसे अवस्थामा राखिएको हातहतियार फेला पारेको हो।

गस्तीको क्रममा सालको रुखको प्वालभित्र लुकाई राखिएको अवस्थामा १ थान एक नाले भरुवा बन्दुक, सिसाको गोली १८ थान  ,छर्रा १५ थान र एक थान सानो डिब्बा बारुदको बरामद भएको हो ।

बरामद सामाग्री प्रहरीले  नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


११ असार २०८१, मंगलवार ००:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु