केन्द्रीय प्रहरी सह–प्रवक्ताको जिम्मेवारी एसएसपी अधिकारीलाई

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई तोकिएको छ ।

आज (सोमबार ) प्रहरी प्रधान कार्यालयले  प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत अधिकारीलाई सह–प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्न अधिकारीलाई सह–प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एसपी हुँदा अधिकारीले जिल्ला प्रहरी कार्यालय कैलालीको कमान्ड सम्हालेका थिए । जिल्लामा उत्कृष्ट काम गरेका उनलाई प्रवल जनसेवा श्रीबाट राष्ट्रपतिले विभुषित गरेका थिए ।


१० असार २०८१, सोमवार १९:१४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु