धनगढीमा आज सार्वजनिक बिदा
धनगढी । धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। उपमहानगरले गंगा दशहराको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको हो ।
उपमहानगरले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्था एवं संघ संस्थाहरुलाई गंगा दशहराको अवसरमा सार्वजनिक बिदा दिएको हो । उपमहानगरपालिकाले यहि जेठ ३१ गते निकालेको सूचनामा आज असार २ गते १ दिन सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ।
धनगढी उपमहानगरपालिका- १६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा प्रत्येक बर्ष गंगा दशहराको अवसरमा भव्य मेला लाग्ने गर्दछ । मन्दिरमा दर्शन गर्न नेपालका मात्रै नभई भारतबाट पनि भक्तजनहरु आउने गर्दछन् । आज बिहानैदेखि त्यहाँ भक्तजनहरुको भीड लागेको छ ।

२ असार २०८१, आइतवार ०८:५३ बजे प्रकाशित































