punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मधेसको मुख्यमन्त्रीका लागि जनमतका सतिश सिंहले पेश गरेर ५५ जनाको नामावली

Chaupati
safha napa

जनकपुर । मधेस प्रदेश नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले ५५ जनाको नामावली पेस गरेको छ ।

एमाले–माओवादी गठबन्धनले जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रमुख सुमित्रा भण्डारीसमक्ष गठबन्धनको तर्फबाट ५५ को दाबी पेस गेका हुन ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएको थियो ।

मुख्यमन्त्रीमा नियुक्ति भएपछि सिंहलाई आजै बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुखको तयारी रहेको माओवादी प्रदेश सांसद युवराज भट्टराईले जानकारी दिए ।


२५ जेठ २०८१, शुक्रवार ०८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु