punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भिरबाट लडेर शिक्षकको मृत्यु

Chaupati
safha napa

दाङ, जेठ २४ । रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–१० पेउघाका ४६ वर्षीय शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो।

स्थानीय बाल कल्याण माध्यमिक विद्यालय टोड्के बुधबार विद्यालयबाट घर फर्किएपछि खेतमा कुलोबाट पानी सिँचाइका लागि गएका थिए।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलका अनुसार कुलोबाट खेतमा पानी लगाई फर्किने क्रममा बेलुकी करिब पाँच बजेतिर उनी भिरबाट लड्न पुगेका थिए।

गम्भीर अवस्थामा उद्धार गरी खड्कालाई आफन्तले उपचारको लागि जिल्ला अस्पताल सल्ले पु¥याएका थिए ।


२४ जेठ २०८१, बिहीवार १७:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु