punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

Chaupati
safha napa

धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–५ नुक्लिपुरबाट सोही ठाउँ बस्ने २३ वर्षीय रबि चौधरी ६३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्।

यस्तै गौरीगंगा नगरपालिका–८ बडैपुर स्थित हसुलिया जाने सडकको दक्षिण साइडमा रहेको गौरी गणेश सामुदायिक वन भित्रबाट धनगढी उपमहानगरपालिका–५ बस्ने ३० वर्षीय सरोज चौधरी पक्राउ परेका छन्।

सरोजलाई २१० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिइएको हो। दुई जनालाई बुधवार नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


२४ जेठ २०८१, बिहीवार १२:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु