कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

कैलालीको चुरे गाउँपालिका–३ भक्तपुर स्थित बिपिनगर सडकखण्डमा सहजपुरबाट बिपिनगर तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ५२७८ नम्बरको ट्याक्टरले ओभर टेक गर्ने क्रममा भे २ त १५१६ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

ओभर टेक गर्दा दुर्घटना भएर भे २ त १५१६ नम्बरको ट्याक्टर सडकमा पल्टिदा सोही ट्याक्टरको चालक डोटीको जोराईल गाउँपालिका–४ का २० वर्षीय हेमन्त रावलको घटनास्थलमै मृत्यु भएको जिइ प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोही ट्याक्टरमा सवार डोटीको जोराईल गाउँपालिका–४ बस्ने २२ वर्षीय लक्की बादी र कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का १७ वर्षीय गजेन्द्र दमाई घाइते भएका छन्। घाइते दुबै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको भइरहेको छ।

सुदूरपश्चिम प्रदेश ०१००२ त ५२७८ नम्बरको ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२३ जेठ २०८१, बुधवार ०९:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु