रौतहटमा घाँटी रेटेर भारतीय नागरिकको हत्या
रौतहट । रौतहटको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
राजपुर–१ पिपरा भगवानपुरको पूर्वपट्टि ईद्रीस गेट छेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
घटना प्रकृति अनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् । मृतकको गोजीबाट प्राप्त कागजपत्रमा भारत बिहार मोतीहारीको नाम ठेगाना बताइएको छ
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
२२ जेठ २०८१, मंगलवार १५:०० बजे प्रकाशित













