प्रहरी प्रधान कार्यालयका ४ प्रहरीमा कोरोना संक्रमण
काठमाडौं , ११ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालयको सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।
कोरोनासँग मिल्ने लक्षण देखिएपछि ४ जनाको स्वाब प्रहरी अस्पतालमा पठाइएको थियो र स्वाब अन्तिम परीक्षणका लागि टेकू अस्पताल पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हालसम्म देशैभरि १२० जना प्रहरीलाई कोरोना संक्रमण भएको छ भने १०० जना निको भैसकेका छन् ।
११ साउन २०७७, आइतवार ०७:३९ बजे प्रकाशित































