सुनको मूल्य आज पनि घट्यो, कति छ तोलाको ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य थप घटेको छ ।
सुन आज तोलामा एक हजार आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ३८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
११ जेठ २०८१, शुक्रवार १०:५४ बजे प्रकाशित































