कैलालीमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु
धनगढी । कैलालीको कैलारीमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।
कैलारी गाउँपालिका–८ स्थित लोहरपुर तेडी बाध नदीमा डुबेर सोही ठाउँ बस्ने बालु साउदकी छोरी १३ वर्षीया दुर्गा साउद र सिताराम खड्काको छोरा ७ वर्षीय अमिल खड्काको आइतबार दिउँसो मृत्यु भएको हो ।
नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूमध्ये अमिलको उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्र हसुलियामा र दुर्गाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
३१ वैशाख २०८१, सोमवार १४:०५ बजे प्रकाशित































