डडेल्धुरामा नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित सिमताल खोलामा नुहाउने क्रममा डुबेर सोही गाउँपालिका–२ कुँवरगाउँ बस्ने इन्द्र बहादुर मल्लकी छोरी १४ वर्षीया दिपा मल्ल र नारद सार्कीकी छोरी १७ वर्षीया लक्ष्मी सार्कीको आइतबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
३१ वैशाख २०८१, सोमवार १४:४१ बजे प्रकाशित





























