सुनको मूल्य निरन्तर उकालो, आज पनि तोलामा १३ सय बढ्यो
धनगढी, साउन ९ । बजारमा केही दिनदेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
आज सुन तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार आठ सय पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ५० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
९ साउन २०७७, शुक्रवार ०५:३८ बजे प्रकाशित































