सुनको मूल्य स्थिर, चाँदीको घट्यो
धनगढी । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
सोमबार प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
१८ वैशाख २०८१, मंगलवार ११:११ बजे प्रकाशित































