punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपनिर्वाचनमा एमालेको ‘क्लिन स्विप’

Chaupati
safha napa

काठमाडौँ । वैशाख १५ गते भएको उपनिर्वाचनमा नेकपा एमालेले क्लिन स्विप गरेको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

इलाम २ मा मंगलबार बिहान सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएसंगै एमालेले ‘क्लिन स्विप’ गरेको हो । सुहाङले २७ हजार ७७२ मतका साथ विजयी भए ।

उनका निकटम प्रतिस्पर्धी कांग्रेसका डम्बर बहादुर खड्काले २१ हजार ९४२ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत पाउँदा अन्य उम्मेदवारले भने जमानत पनि जोगाउन सकेनन् ।

उता बझाङ प्रदेशसभा १ मा पनि एमालेकै उम्मेदवार दमन बहादुर भण्डारी ११ हजार ६१३ मतका साथ विजयी भए । उनले कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहलाई पराजित गरेका हुन् । अभिषेक ११ हजार ३४६ मत ल्याएर पराजित बन्दा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले ३ हजार ८३१ मत पाए । यसबाहेक सो क्षेत्रमा अन्य उम्मेदवारले भने जमानत जोगाउन सकेनन् ।

उपनिर्वाचनमा इलाम २ मा माओवादीले एमालेलाई सघाएको थियो भने बझाङमा भने कुनै तालमेल थिएन ।


१८ वैशाख २०८१, मंगलवार ०९:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु