punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बजारमा अनुगमन: जैसवाल किराना पसललाई १५ हजार जरिवाना

Chaupati
safha napa

धनगढी, साउन ८ । म्याद नाघेका खान अयोग्य र अबैध रुपमा ल्याइएका सामग्री विक्री वितरण गरेको भन्दै धनगढीको मुख्य बजारमा रहेको जैसवाल किराना पसललाई कारबाही गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले पसललाई १५ हजार जरिवाना गराएको छ । पसलमा अनुगमनका क्रममा खान अयोग्य वस्तु भेटिएपछि पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनले बताए ।

उनकाअनुसार उपभोग्य म्याद सकिएको बस्तुसहित पसलमा भन्सार छली गरी अवैध रूपमा आयात गरिएका सुर्तीजन्य वस्तु बिक्री गरेको पाइएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिहीबार धनगढीका ७ किनारा पसलमा अनुगमन गरेको थियो ।


८ साउन २०७७, बिहीवार १३:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु