punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज यी पाँच प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

Chaupati
safha napa

धनगढी । आज देशका केही भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज( मंगलबार ) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

बिहान कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट पनि मनसुन बाहिरिइसकेको छ। अहिले देशको  पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।


२३ असोज २०८०, मंगलवार ०९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु