nast

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीले अनलाइन आवेदन दिन सक्ने

काठमाडौँ । इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीले अनलाइन आवेदन दिन सक्ने भएका छन् । इजरायलस्थित नेपाली दूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन खुला गरेको हो ।

इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा  रहेका नेपालीलाई सरकारले उद्धार गर्ने निर्णय गरेको थियो । सोही आधारमा दूतावासले अनलाइन मार्फत आवेदन आह्वान गरेको हो ।

दूतावासले उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने उद्देश्यले सूचना संकलनको काम सुरु गरेको हो ।

यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरुले दूतावासको वेभसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्न सक्ने छन्  ।


२२ असोज २०८०, सोमवार २०:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु