punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कसरी पत्याऊँ छोरो ज्युँदो छैन, शरीरको एक टुक्रो भएपनि देख्न पाउँ : इजरायलमा ज्यान गुमाएका गणेशका बा

Chaupati
safha napa

केही दिनदेखि बझाङ केन्द्रबिन्दु बनाएर निरन्तर भुकम्प र त्यसका पराकम्पन आइरहेका थिए । लगातार आइरहेका पराकम्पनले जयपृथ्वीबहादुर नगरपालिका( ११ का धनलाल आउजीको घर मात्रै होइन मन पनि थिर थिएन ।

टिकापुरमा कृषि पढ्दै गरेका उनका कान्छा छोरा गणेश नेपाली गत भदौ २५ गते अध्ययनकै लागि इजरायल उडेका थिए । क्याम्पसबाटै पढ्दै कमाउँदै गर्न पाइन्छ बा १ भन्दै उडेका गणेशले शुक्रबार फोन गरेका थिए । गणेशले बाबुलाई भुकम्प आइरहेको छ, सुरक्षित बस्नु भनेका थिए ।

त्यसैका बिच शनिबार साँझ बीबीसीले एउटा दुखदः खबर सुनायो । उक्त खबर थियो, इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको बमबारी । इजरायल सुन्ना साथ धनलालको मन चिसो नभएको होइन, तर अन्यत्र होला भनेर सुते ।

भोलिपल्ट अर्थात आइतबार बिहानैदेखि छोरासँग कुरा गर्न खोजे पनि सम्पर्क भएन । साँझसम्म त सबैतिर गणेशको मृत्युको समाचार आयो । गाँउलेहरुले उनलाई खबर सुनाए । “हामीलाई सुरक्षित बस्नु भनेको छोरो आफू कहिल्यै नबोल्ने गरि गइसकेछ”, धनलाल भक्कानिए ।

धनलाल अझै पनि छोरो ज्युँदो छैन भन्ने समाचारको विश्वास गर्न सकिरहेका छैनन् । इजरायलमा छोरोको मृत्यु भएको खबर पाएका धनलालले आफ्नो मुटुको टुक्रा खसेको बताउँछन् । ‘बच्चालाई यहाँ पाउन सकुँला नसकुँला, उसको शरीरको एउटा टुक्रा भएपनि आफ्नो कलेजीको टुक्रा हो, देख्न पाए हुन्थ्यो ।’, धनलालको गला सुकेको छ ।

त्यस्तै गणेशले शुक्रबार साँझ, दाइ विकासलाई पनि फोन गरेका थिए । “काम सिस्टमा हुने रहेछ, राम्रो छ भन्दा गणेशको अनुहारमा खुशी झल्किएको थियो”, विकास सम्झिन्छन् ।

कृषि सङ्कायको आठौँ सेमेस्टर पढ्दै गरेका गणेश भदौ २५ गते मात्रै इजरायलको ‘लर्न एण्ड अर्न’ अर्थात काम गर्दै सिक्दै भन्ने कार्यक्रमका लागि ३ लाख ऋण गरेर इजरायल पुगेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौं सेमेस्टरका ४९ जना विद्यार्थी एक महिनाअघि मात्रै प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘ लर्न एन्ड अर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । जसमध्ये हालसम्म १० जनाको निधन भइसकेको छ ।


२२ असोज २०८०, सोमवार १४:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु