punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा दुई युवक कुट्ने १जना पक्राउ ७ जनामाथी किटानी

Chaupati
safha napa

बाजुरामा वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका–६ का राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । खप्तडछेडेदह गाउँपालिकाले छेडेदह तालमा कृष्ण जन्माष्टिको दिन आयोजना गरेको वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको भिडियो सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कवीन्द्र बोहराले कुटपिटबाट र नाथ र शाह घाइते भएको बताए । घाइते मध्ये नाथको टाउकोमा टाँका लागेका छन् । धनगढीमा उपचार गराएर घर फर्किएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

उनकाअनुसार कुटपिटमा संलग्न भएको आरोपमा खप्तडछेडेदह गाउँपालिका(७ का अर्जुन रावतलाई पक्राउ गरिएको छ भने अन्य ७ जनाको नाममा समेत किटानी जाहेरी दर्ता गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना केही दिन पहिलेको हो । अहिले भिडियो भाइरल भएको हो ।


२६ भदौ २०८०, मंगलवार १२:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु