punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका ३ स्थानबाट ७५ हजारका भन्सार छलीका सामान वरामद

Chaupati
safha napa

कैलालीका ३ स्थानबाट ७५ हजार मूल्यका भन्सार छलीका सामान वरामद गरिएका छन् । आईतबार दिउँसो कैलालीका विभिन्न ३ स्थानबाट प्रहरी गस्ती टोलीले उक्त मूल्यका भन्सार छलीका सामान वरामद गरेको हो ।

प्रहरीका अनुसार भजनी नगरपालिका-७ हिम्मतपुरघाटबाट भन्सार छलेर ल्याएको अन्दाजी १२ हजार रुपैयाँको रेडिमेड अचार र जोशीपुर गाउँपालिका-१ लक्करमन्डी चोकबाट अन्दाजी ४० हजार रुपैयाँको लेडिज चप्पल, जुत्तालगायतका सामान वरामद गरिएको हो।

आईतबार दिउँसो गस्ती टोलीले ती सामान वेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। त्यस्तै शनिबार साँझ धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट २३ हजार रुपैयाँ मूल्य बराबरको चिनी, लेडिज सुटलगायतका सामान गस्ती प्रहरीले वेवारिसे अवस्थामा फेला पारेको बताइएको छ।


२५ भदौ २०८०, सोमवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु