punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वर्षाको कारण आइतबार रोकिएको भारत र पाकिस्तानको खेल आज हुने

Chaupati
safha napa

भारत र पाकिस्तानबीचको आइतबार (हिजो) वर्षाको कारण रोकिएको खेल आज (सोमबार) सुचारु हुँदैछ।

एसिया कपको सुपर फोर चरणमा हिजो भारत र पाकिस्तानबीचको खेल पानी परेर रोकिएपछि पुन: सुरु हुन सकेको थिएन।

आज खेल श्रीलंकाको कोलोम्बोमा दिउँसो नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ। यस खेलमा लागि रिजर्भ दिन राखिएकाले हिजोकै अवस्थाबाट खेल आज सुरु हुनेछ।

समूह चरणमा भारत र पाकिस्तानबीचको खेल पनि वर्षाकै कारण रद्द भएको थियो।

भारतले टस हारेर पहिले ब्याटिङ गर्दा २४.१ ओभरमा २ विकेट गुमाउँदै १४७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो।

क्रिजमा विराट कोहली ८ र केएल राहुल १७ रनमा अविजित छन्। यसअघि खेलमा राम्रो सुरुवात गरेको भारतका लागि दुवै ओपनर हित शर्मा र शुभमन गिलले अर्धशतकीय पारी खेलेका थिए।

रोहित शर्माले ५६ रन र गिलले ५८ रनको योगदान दिएका थिए। यी दुईले पहिलो विकेटका लागि १२१ रनको शतकीय साझेदारी गरेका थिए।एजेन्सी


२५ भदौ २०८०, सोमवार १२:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु