एसिया कप : श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गर्‍यो

एसिया कप क्रिकेट प्रतियोगितामा  बिहीबार सम्पन्न समूह ‘बी’ को खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ ।

बंगलादेशले दिएको १६५ रनको लक्ष्य  घरेलु टोली श्रीलंकाले ५ विकेटको क्षतिमा ६६ बल बाँकी छँदै  भेट्टायो ।

श्रीलंकाको जीतमा सधिरा र चरिथाले क्रमशः ५४ र ६२ रनको योगदान दिए । यस्तै कप्तान दुसान सानकाले  अविजित १४ रन बनाए

यसअघि ४२.४ ओभरमा अलआउट हुँदै १६४ रन बनाएको बंगलादेशका लागि नाजमुलले सर्वाधिक ८९ रन जोडेका थिए ।


१५ भदौ २०८०, शुक्रवार ००:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु