nast

तातोपानी नाका आजदेखि खुल्ने 

काठमाडौं । तातोपानी नाका आजदेखि खुल्ने भएको छ । चिनियाँ अधिकारीसँगको बैठकपछि आजदेखि चीनसँगको उत्तरी सो खुल्ला हुन लागेको हो ।

२०७२ सालको भुकम्प र कोरोना महामारीपछि पुर्णरुपमा बन्द गरिएको तातोपानी नाका नेपाली महावाणिज्य दुतावासको पहलमा मानव आवतजावतका लागि खुल्ला गर्ने निर्णय भएको हो ।

यात्रुहरुको आवातजावत खुल्ला गर्ने भनिएपनि स्थानीयहरुकालागि मात्र नाका खुल्ने स्रोतले जनाएको छ ।

अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउनेछन् ।


१५ भदौ २०८०, शुक्रवार ०८:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु