punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते,एकको अवस्था गम्भीर

Chaupati
safha napa

धनगढी। कैलालीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरियामा  बिहीवार साँझ ६:३० बजे २ मोटरसाइकल एक आपसमा  ठोकिएर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा सुपप्र ०१ ००८ प ७२९० नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का २८ वर्षिय भुवन विक, सुपप्र ०९ प १४४८ नम्बरको मोटरसाइकलका चालक डोटीको सायल गाउँपालिमा–९ का २५ वर्षिय चक्र कटुवाल र पछाडी सवार दिपक ऐर रहेका छन्।  घाइते तिनै जनाको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेकोे छ।

दुर्घटनामा घाइते भएका विकको अवस्था गम्भिर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । अन्य २ को अवस्था भने सामान्य रहेको प्रहरीले बताएको  छ। 


१४ भदौ २०८०, बिहीवार २३:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु