एसिया कप : श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गर्यो
एसिया कप क्रिकेट प्रतियोगितामा बिहीबार सम्पन्न समूह ‘बी’ को खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ ।
बंगलादेशले दिएको १६५ रनको लक्ष्य घरेलु टोली श्रीलंकाले ५ विकेटको क्षतिमा ६६ बल बाँकी छँदै भेट्टायो ।
श्रीलंकाको जीतमा सधिरा र चरिथाले क्रमशः ५४ र ६२ रनको योगदान दिए । यस्तै कप्तान दुसान सानकाले अविजित १४ रन बनाए
यसअघि ४२.४ ओभरमा अलआउट हुँदै १६४ रन बनाएको बंगलादेशका लागि नाजमुलले सर्वाधिक ८९ रन जोडेका थिए ।
१५ भदौ २०८०, शुक्रवार ००:०३ बजे प्रकाशित













