एसिया कप : २ सय ३८ रनको अन्तरले नेपाल पाकिस्तानसँग पराजित
काठमाण्डौ । एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो। नेपालका तीन जना ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके ।
नेपालका लागि सोमपाल कामीले सबैभन्दा धेरै २८, आरिफ शेखले २६ र गुल्सन झाले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो ओभरमा कुशल भुर्तेल ८ र कप्तान रोहित पाैडेल सुन्य रनमा आउट भए सँगै नेपाल सुरुदेखि नै दबाबमा परेको थियो ।
अर्को ओभरमा आशिफ शेख ५ रनमा आउट हुँदा नेपाल १४-३ को अवस्थामा पुगेकाे थियो ।
सोमपाल र आरिफले चाैथाे विकेटका लागि ५९ रनको साझेदारी गर्दै नेपालको विकेट पतनको क्रम केहीबेर थामेका थिए ।
१३ भदौ २०८०, बुधवार २१:५४ बजे प्रकाशित













