सुनको मूल्य आज फेरि बढ्यो
धनगढी, साउन ४
सुनको मूल्य आज फेरि बढेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार घटेको सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार पाँच रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
४ साउन २०७७, आइतवार ०६:५८ बजे प्रकाशित






























