punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी राजी

Chaupati
safha napa

काठमाडौं, साउन ३ । सार्वजनिक सवारी साधन चलाउन यातायात व्यवसायी सहमत भएका छन् । यवसायीहरुले तीन दिनभित्रै सार्वजनिक सवारी सञ्चालन गर्ने बताएका छन् ।

केहि दिन अघि आवश्यक तयारी र व्यवसायीलाई राहत नल्याई सार्वजनिक सवारी सञ्चालन गर्न नसकिने बताउँदै आएका यातायात व्यवसायी अहिले त्यो अडानबाट पछि हटेका छन् ।

शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बोधन गरेको भन्दै यातायात व्यवसायी सवारी सञ्चालन गर्नमा तयारी भएका हुन् । उनीहरुले राखेको बैंकको किस्ता सार्नुपर्ने, सहुलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग मौद्रिक नीतिमार्फत् सम्बोधन भएपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु सकारात्मक भएका हुन् ।

सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो । तर कोरोना भाईरस कोभिड १९ बाट आफू जोगिएर यात्रुको सुरक्षित यात्रा गराउन अहिलेकै अवस्थामा नसकिने बताएका व्यवसायीले केही दिनमा नै सवारी सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था गरेको छ ।


३ साउन २०७७, शनिवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु