punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १०३ जना डिस्चार्ज

Chaupati
safha napa

काठमाडौं, साउन ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पनियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले देशभर थप २४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ । यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए ।

गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ ।

हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएका छन् । यससंगै निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।


३ साउन २०७७, शनिवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु