punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बावुमाथि दुई छोरीलाई बलात्कार गरेको आरोप

Chaupati
safha napa

सुखड, साउन ३ । कैलालीको घोडाघोडी नगरपालिकामा एक जनाले आफ्नै दुई छोरीमाथि बलात्कार गरेको आरोप लागेको छ । १४ र १६ वर्षीया दुई छोरीलाई बलात्कार गरेको आरोप लागेपछि बाबु फरार भएका छन् ।

दुई किशोरीले इलाका प्रहरी कार्यालय सुखडमामा शनिबार बिहानै मुद्दा दर्ता गर्न खोजेपनि नाबालक भएको भन्दै मुद्दा दर्ता भएन । ‘उनीहरु नाबालक भएको र संरक्षण कोही नभएका कारण अहिले मुद्दा दर्ता भएन,’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले भने ‘हामीले उनीहरुलाई ओरेक नेपालको जिम्मा लगाएका छौँ, यसैमार्फत मुद्दा अगाडि बढ्छ ।’

पीडित बालिकाको आमा केही वर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताएको छ । प्रहरीले बालिकालाई सेफ हाउसमा राख्न भन्दै पठाउनु भएको ओरेक नेपालकी जिल्ला संयोजक बिनु चौधरीले बताइन् । उनीहरुको स्वास्थ्य परीक्षण गरेर आइतबार मुद्दा दर्ता गर्ने उनले बताइन् ।

इलाका प्रहरी कार्यालयसम्म पुगेको बिषय प्रहरीले संरक्षक नभएको भन्दै जाहेरी नलिएपछि अब आइतबार जाहेरी दर्ता हुने ओरेक नेपालले बताएको छ । उनले आफूलाई प्रहरीले बालिका बलात्कृत भएको सूचना दिएको बताइन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले घटनाबारे अनुसन्धान भइरहेको बताए ।


३ साउन २०७७, शनिवार १३:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु