मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो
काठमाडौ । सोलुखुम्बुबाट काठमाडौको लागि उडेको मनाङ एयरको नाईन एन ए एम भी कलसाईनको हेलिकोप्टर सोलुखुम्बुकको लिखुपिके गाउँपालिकाको लामजुरा डाँडामा दुर्घटना भएको छ ।
हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
च्यान डाँडामा चौरी गोठालाहरुले हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेकाको लिखुपिके गाउँपालिकाले जनाएको छ ।
क्याप्टेन चेत गुरुङ सहित हेलिकोप्टरमा अन्य ५ जना मेक्सिकोका नागरिक यात्रु थिए ।
२६ असार २०८०, मंगलवार १२:३७ बजे प्रकाशित













