punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली कारागारमै लागुऔषध फेला, एक जना पक्राउ

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका–१ जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका ३१ वर्षीय करन बमलाई भेट्न आएका आफन्तबाट १३ ग्राम लागुऔषध बरामद गरेर पक्राउ गरेको प्रहरीले जनाएको छ। आज दिउँसो १ बजेर ३० मिनेटमा बमलाई भेट्न आएका डोटीको बोगटान नगरपालिका–६ घर भई हाल धनगढी उपमहानगरपालिका–६ चटकपुरमा नास्ता पसल सञ्चालन गर्दै आएका २५ वर्षीय भीम बोगटीबाट लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

बोगटीलाई चेकजाँच गर्दा स्याम्पुको डब्बाभित्र लागुऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

 


१५ असार २०८०, शुक्रवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु