punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा अबैध कुखुरासहित कञ्चनपुरका एक युवक पक्राउ

Chaupati
safha napa

कैलालीमा अबैध कुखुरासहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का १७ वर्षीय प्रकाश सिंह अबैध कुखुरासहित शुक्रवार पक्राउ परेका हुन्।

अन्दाजी १८ हजार पाँच सय मुल्य बराबरको अवैध कुखुरा बोकेर ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिईएको प्रहरी टोलीले सिंहलाई पक्राउ गरेको हो। कुखुरासहित सिंहलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको जनाइएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–१ शिवनगरमा भन्सार छलीका अबैध बोईलर कुखुरा बरामद गरिएको छ। अन्दाजी १२ हजार मुल्य बराबरको अबैध कुखुरा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उक्त कुखुराहरु कानून बमोजिम नष्ट गरिएको प्रहरीले जनाएको छ।


१५ असार २०८०, शुक्रवार १६:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु