punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा एक जना मृत भेटिए

Chaupati
safha napa

दार्चुला एक जना चार दिनपछि मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको नौगाड गाउँपालिका–१ रङरङेका ५२ वर्षिय मानबहादुर बम चार दिनपछि मृत अवस्थामा फेला परेका हुन्। गत ८ गते सदरमुकाम खलंगा जान भनेर हिडेका बम सोहि दिनदेखि सम्पर्कबिहीन थिए। उनलाई हिजो साझ ६ः३० बजे नौगाड –२ खलपुजा धारमा बाटोबाट करिब ६०÷७० मिटर तल मृत अवस्थामा फेला पारेको मृतकका भाई लालबहादुर बमले बताए।

बमलाई मृत फेला पारेपछि प्रहरीलाई सम्पर्क गरेका थिए। तत्काल घटनास्थललाई सुरक्षित गरिएको र आज बिहान प्रहरी निरीक्षक जगत गाहामगरको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

 

 


१२ असार २०८०, मंगलवार १३:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु