punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा सचिवालय बैठक बस्दै, गम्भीर विषयमा छलफल हुने

Chaupati
safha napa

काठमाडौं, साउन ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी भित्र देखिएको विवाद समाधानका लागि आज बैठक डाकिएको हो ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव बढेपछि सुरु भएको शीर्ष तहको विवाद समाधान हुन सकेको छैन । शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा जारी विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने बताइएको छ।

शीर्ष नेताहरुबीचको विवादका कारण स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आइतबारसम्मका लागि स्थगित भएको छ। समसामयिक विषयमा छलफल, सरकारका कामको समीक्षा तथा पार्टी एकताका बाँकी कामहरु टुंगो लगाउन भन्दै गत असार १० देखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि बैठक चल्न सकेको छैन।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायतले ओलीलाई दुवै पद छोड्न दबाव दिएका छन्। ओली भने यही अवस्थामा कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन्। शीर्ष तहमा विवाद बढ्दै गएपछि केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकबाट समाधान खोज्न आग्रह गर्न थालेका छन्।


३ साउन २०७७, शनिवार ०३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु