punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको मुख्य सडक निर्माणका लागि शिलान्साय, ४२८ घरधनी सम्मानित

Chaupati
safha napa

कैलालीको धनगढीमा मुख्य सडक निर्माणका लागि शिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आज कैलाली पुलदेखि क्याम्पस चोक सडकको शिलान्यास गरेका हुन्।

प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा बैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरि ठेक्का सम्झौता गरेको छ। २ किलोमिटर ३ सय मिटर लम्बाईको मुख्य सडक ३० मिटर चौडा बन्नेछ। कैलाली पुल–क्याम्पस चोक सडक निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्री देउवाले उद्घाटन गरेका हुन्।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्ट वडा अध्यक्षहरू, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो। साथै धनगढी उपमहानगरपालिकाले ४२८ जना घर धनीलाई सम्मान गरेको छ।

मुख्य सडक विस्तार गर्न आफ्नो घर आफैं भत्काउने घर धनीलाई उपमहानगरले सम्मान गरेको हो। आफ्नो घर आफै भत्काएर उपमहानगरलाई सडक निर्माण गर्न सहयोग गर्ने घर धनीलाई सम्मान गर्न पाउँदा निकै उत्साहित भएको नगरप्रमुख गोपाल हमालले बताए। अहिले धनगढीको रुवस होटलमा घरधनीलाई सम्मान गर्ने कार्यक्रम चलिरहेको छ।

 


१२ असार २०८०, मंगलवार १३:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु