punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय संसद्‌मा राखिएको ‘अखण्ड भारत’को नक्साबारे नेपाललाई जानकारी छैन: परराष्ट्रमन्त्री

Chaupati
safha napa

परराष्ट्रमन्त्री एन पी साउदले भारतको नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको मुराल नक्साको बारेमा नेपाललाई जानकारी नरहेको बताएका छन्।

भारतीय टिभि आजतकलाई दिएको एक अन्तर्वार्तामा मन्त्री साउदले नक्साबारे नेपाल जानकारीबिहीन रहेको र उक्त विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा सभकक्षी नरेन्द्र मोदीसँग कुनै छलफल नभएको बताएका छन्।

‘यो मुराल नक्साको मामिला हामीलाई जानकारी नै छैन। जुन कुरा हामीलाई थाहा छैन उक्त विषय नेपालले उठाउन जरूरी नै छैन,’ मन्त्री साउदले भनेका छन्।

यद्यपि मन्त्री साउदले फेसबुकतिर भने एउटा तस्बिर देखेको भनेर स्विकारेका छन्। ‘यो सिमानाको कुरा पनि हैन। आजभन्दा २५ सय वर्ष अघिका गणराज्यहरु अंगित तस्बिर फेसबुकतिर आएको छ। त्यसकारण यस बिषयमा हम्रो कुनै छलफल भएन,’ मन्त्री साउदले भनेका छन्।

 


२२ जेठ २०८०, सोमवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु