punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा पूजा गर्ने दियोबाट आगलागी हुँदा ६० हजार बराबरको क्षति

Chaupati
safha napa

कैलालीमा पूजा गर्ने दियोबाट आगलागी भएको छ। जिल्लाको बर्दागोरिया गाउँपालिका वडा नम्बर १ की ७६ वर्षीया मन कामीको घरमा आगो लागेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शनिवार राति उनको टिनले छाएको घरमा पूजा गर्न सल्काएको दियोबाट आगलागी भएको छ। आगलागीबाट लत्ताकपडा र भाडाकुडा जलेर नष्ट भएका छन्। उनको ६० हजारको क्षति भएको प्रहरीले बताएको छ। प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। उक्त आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


२१ जेठ २०८०, आइतवार १५:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु