punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डकी नातिनी स्मिताको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

Chaupati
safha napa

काठमाडौं, साउन १ । लोकप्रिय बन्दै गइरहेकी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीसमेत रहेकी गायिका स्मिता दाहालको नयाँ गीत ‘मायालु तिमी कहाँ छौं–२’ सार्वजनिक भएको छ ।

नयाँ गीत ‘गज्जब टिभी’को युट्युबको च्यानलमार्फत् सार्वजनिक गरिएको हो । ‘मायालु तिमी–१’ को सफलतापछि बजारमा आएको स्मिताको ‘मायलु तिमी–२’ मा पनि स्मितालाई स्वरमा राजनराज सिवाकोटीले साथ दिएका छन् ।

त्यस्तै गीतको भिडियोमा पल शाह र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । म्युजिक भिडियोमा बालकलाकारको रूपमा एन्जल राई र अर्बिन खड्काले पनि अभिनय गरेका छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराज सिवाकोटीले संगीत भरेका छन् ।


१ साउन २०७७, बिहीवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु