punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुहुँ गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलेलाई ३० हजार नगद पुरुस्कार

Chaupati
safha napa

दार्चुलाको दुहुँ गाउँपालिकाले उत्कृष्ट लोगो छाप बनाउनेलाई ३० हजार नगद सहित पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाले निशाना छापसँगै पालिकाको छाप प्रयोगमा ल्याउने भन्दै उत्कृष्ट लोगो ९छाप० बनाउनेलाई ३० हजार नगदसहित पुरस्कृत गर्ने दुहुँ गाउँपालिकाका सुचना अधिकारी विरेन्द्र राज जोशीले जानकारी दिए ।

पुरस्कृत हुने ब्याक्तीले गाउँपालिका भित्रका ऐतिहासिक, सामाजिक, धार्मिक लगायत पर्यटीय स्थल झल्कने गरी लोगो निर्माण गर्नुपर्ने बताइएको छ । गत बैशाख २६ गते पहिलो पटक पालिकाको तर्फबाट एक सूचना जारी गर्दै पालिकाको लोगो बनाउने इच्छुक व्यक्ति तथा कम्पनीले गाउँपालिकाको लोगो निर्माण गरी पेश गर्न भनिएको थियो । तर हाल सम्म उक्त सुचना मार्फत कुनै पनि ब्याक्ती तथा कम्पनीले लोगो निर्माणका लागि प्रस्ताव पेश नगरेको सुचना अधिकारी जोशीले बताए । गाउँपालिकाले पुन दोस्रो पटक सुचना प्रकाशित गर्ने जनाएको छ । उक्त सुचनाको म्याद १५ दिनको राखिने बताइएको छ ।

लोगो निर्माण गरी गाउँपालिकाको इमेल ठेगानामा पठाउन सक्ने जनाइएको छ ।गाउँपालिकाले निशाना छापसँगै पालिकाको छाप प्रयोग गर्ने प्रयोजनका लागि लोगो निर्माण गर्न लागेको जनाएको छ । पेश भएका मध्ये उत्कृष्ट लोगोलाई छनौट गरी पालिकामा प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएको छ ।


४ जेठ २०८०, बिहीवार १५:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु