punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको एक रेस्टुरेन्टमा बेहोस भेटिएका पुरुषको मृत्यु

Chaupati
safha napa

धनगढी उप–महानगरपालिका–३ ट्राफिक चोक स्थित सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा बेहोस भेटिएका पुरुषको मृत्यु भएको छ । बारमा बेहोस भेटिएका अन्दाजी ३८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार राती नै मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढीमा ल्याएकोमा उनको उपचारको क्रममा राती साढे ८ बजे तिर मृत्यु भएको हो ।

उनको मृत्यु भएको र उनको पहिचान खुल्न नसकेको हुदाँ उनलाई चिन्नुहुनेले नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गर्न हुन जिल्ला प्रहरी कार्यलय कैलालीले आग्रह गरेको छ ।


२ जेठ २०८०, मंगलवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु