विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं, साउन १ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ ।

जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुनेछ ।

यो रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ ।

प्रतियोगिताको समूह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन । कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन ।

कतार विश्वकपमा पहिलो पटक एक ठाँउबाट अर्को ठाँउमा खेल्न जाँदा हवाई जहाजको प्रयोग नहुने भएको छ ।

यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको हो ।


१ साउन २०७७, बिहीवार ०१:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु